कपिलवस्तुमा बिषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु


राम अवतार चौधरी



कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–४, चनईमा बिषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । चनईका शिव मंगल कोहारको ७ बर्षीय छोरा मनोज कोहारको बिषालु सर्पको टोकाईले गए राती मृत्यु भएको हो ।

राती सुतेको अवास्थामा बिषालु सर्पले बालकको खुट्टामा टोकेको हो । तीन जना सँगै सुतेको अवस्थामा मनोजलाई मात्र सर्पले टोकेकोे पारिवारिक श्रोतले बताएको छ ।




सर्पले टोकेको थाहा पाएपछि कपिलवस्तुको गोरुसिगें स्थीत सर्पदंस उपचार केन्द्रमा लैजाँदै गर्दा बाटोमै मनोजको ज्यान गएको वडा नं ४ का वडा अध्यक्ष सफिक अहमद मुसलमानले जानकारी दिए ।



सम्बन्धित
Loading...