आज २५ औ विश्व आदिवासी दिवस मनाइँदै, नवलपुरको कावासोतीमा पनि मनाइदै


लोक सेवा आयोगको बिज्ञापन बिरुद्ध आन्दोलन गरिरहेका आदिवासी जनजातिहरुले यस बर्षको बिश्व आदिवासी दिवश सडकमा बिबिध विरोध कार्यक्रमका साथ मनाई रहेकाछन् । विगतका बर्षहरुमा औपचारिक कार्यक्रमका साथ मनाईने विश्व आदिवासी दिवस सडक आन्दोलनका साथ मनाउने नेपाल आदिवासी जनजाति महासंघको निर्णय भए अनुसार सडकमा आन्दोलनका साथ मनाईएको महासंघका पदाधिकारीहरुले जनाएका छन् ।




नेपाल आदिवासी जनजाति महासंघका कावा अध्यक्ष नवीन रोक्का मगरका अनुसार लोक सेवा आयोगको विज्ञापन बिरुद्ध आदिवासी जनजाति लगायतका जातीय संस्थाहरु आन्दोलित भईरहेको सन्दर्भमा यस दिवसलाई पनि सडक आन्दोलनका रुपमा मनाइएको हो ।
यस बर्षको विश्व आदिवासी दिवसमा महासंघले पहिचान सहितको संघीयता र स्वायत्तता, स्वशासनका लागि संविधान संशोधन हाम्रो अभियान, २५ औ विश्व आदिवासी दिवशको सन्दर्भमा समानुपातिक समाबेशीका लागि हामो आन्दोलन’ भन्ने मूल नारा तय गरेको छ ।
उता नेपालल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी सम्बद्ध अखिल नेपाल आदिवासी जनजाति महासंघले पनि सोही दिन काठमाडौमा बिशेष कार्यक्रम सहित बिश्व आदिवासी दिवश मनाउने कार्यक्रम बनाएको छ ।
अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा ओम गुरुङका अनुसार ९ अगष्ट अर्थात २४ साउनमा पहिचान सहितको झाँकी सहितको ¥याली र राष्टिय सभागृहमा मूल कार्यक्रम आयोजना गरिने बताए।

नवलपुरको कावासोतीमा पनि र्याली, सांस्कृतिक कार्यक्रम तथा सभा गरेर मनाइदै




यसैबीच नवलपुरको कावासोतीमा शुक्रबार र्याली, झाँकी प्रदर्शन सहित सांस्कृतिक कार्यक्रम र सभा गरेर विश्व आदिवासी जनजाति दिवस मनाइने भएको छ ।
शुक्रबार विहान कावासोतीको सभापति चोकबाट कावासोती ३ मा रहेको बरचुली गुम्बासम्म झाँकी सहितको र्याली निकाल्ने कार्यक्रम रहेको आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङले बताए ।
तामाङका अनुसार कावासोतीको सभापति चोकमा ११ बजेबाट र्याली शुरु हुने छ भने बरचुली गुम्बामा पुगेर सांस्कृतिक कार्यक्रम सहितको सभा हुनेछ ।
विभिन्न जातजातिका सांस्कृति झल्कने परम्परागत सांस्कृतिक नाँचहरु देखाइने आयोजकले जनाएको छ।

संयुक्त राष्ट्र संघको आह्वानमा हरेक बर्ष ९ अगष्टमा संसारभर विश्व आदिवासी दिवश मनाइने प्रचलन छ । यो संसारभरका ३७ करोड आदिवासीहरुको साझा पर्ब हो । सन् १९९४ बाट संयुक्त राष्ट संघको आह्वानमा यो दिवश मनाउन थालिएको हो । संयुक्त राष्ट संघले यस बर्षको विश्व आदिवासी दिबसको मूल नारा ‘आदिवासीको भाषा’ भन्ने तय गरेको छ ।



सम्बन्धित
Loading...