कावासोतीमा शैक्षिक पोशाकमा पनि कमिसन !


रामकुमार श्रेष्ठ



विद्यालय तथा क्याम्पसमा शैक्षिक सामग्रीहरु पुस्तक, कापी कलम किन्दा कमिसन लिने गरेका समाचारहरु बाहिर आउने गरेको त हामीले सुन्ने पढ्ने गरेकै छौं तर पोशाकमा पनि कसिमनको खेलो हुने गरेको पाइएको छ।
कावासोतीका प्रमुख शैक्षिक संस्थाहरुले निश्चित टेलरि·मा कपडा सिलाउनका लागि विद्यार्थीहरुलाई पठाउने गर्दा अन्य टेलरि· मारमा परेका छन् ।


कावासोतीमा रहेका क्याम्पसदेखि सामुदायिक विद्यालयहरुले समेत यस्तो गर्ने गरेको पाइएको छ । निश्चित कमिसनको लोभमा त्यस्ता विद्यालय तथा क्याम्पसका केही कर्मचारीले यस्तो गरेको टेलरि· व्यवसायीहरु बताउँछन् ।
कावासोतीको मध्यविन्दु कलेज, कुमारवर्ती कलेज, लुम्बिनी कलेजदेखि शिव माध्यमिक विद्यालयले समेत कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई सम्बन्धित टेलरि·को भिजिटि· कार्ड नै दिएर यो टेलरि·मा गएर सिलाउने भनेर पठाउने गरेको कावासोतीको सगरमाथा टेलरि·का ज्ञानेन्द्र थापाले बताए।
उनले भने – यस्तो गर्न थालेको निक्कै बर्ष भईसक्यो । जताततै कमिसनको खेलो।
टेलरि· व्यवसायीहरुका अनुसार केही टेलरि· व्यवसायीहरुले क्याम्पस तथा स्कुलका केही कर्मचारीलाई कमिसन दिने गरी यस्तो सेटि· मिलाएका छन्। कक्षा ११ को डे«स सोही टेलरि·मा खरिद गर्न र सोही टेलरि·मा सिलाउनका लागि ति कलेज तथा विद्यालयले कपडाको टुक्रा नमुना र टेलरि·को भिजिटि· कार्ड दिने गरेको मध्यविन्दु कलेजका एक जना विद्यार्थीले बताए।
यि क्याम्पस तथा स्कुलका प्रशासन तथा व्यवस्थापन पक्षले भने आफूहरुलाई यस विषयमा जानकारी नै नभएको बताउने गरेका छन्।



सम्बन्धित
Loading...