अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढ्दो
नारायण अधिकारी,
चितवन, २३ साउन ।

निजीमा प्रसूति गराउँदा ठूलो रकम खर्च हुने भए पनि सरकारी अस्पतालमा निःशुल्क प्रसूति सेवा र शिशु सघन उपचार कक्षमा सेवा प्राप्त हुने भएकाले सबैलाई सहजता मिलेको उहाँले बताउनुभयो । निजी अस्पतालमा शल्यक्रिया गरेर बच्चा झिक्न रु ५० हजार हाराहारी खर्च हुने गर्दछ । सरकारी अस्पतालमा प्रसूति गराउँदा यहाँको जन्म प्रमाणपत्रपछि सम्म काम लाग्ने र भरपर्दो हुने गर्दछ । महिलाले सुत्केरी हुनुअघि कम्तीमा चार पटक गर्भ परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणलाई अझ बढी व्यवस्थित गर्नका लागि अस्पताल प्रशासन लागिपरेको उहाँको भनाइ छ । नयाँ भवन भएसँगै सबै व्यवस्थित हुने उहाँले जानकारी दिनुभयो । अस्पतालको शिशु सघन उपचार कक्ष १२ श्ययाको मात्र रहेको छ । जसका कारण यहाँ आमा राखेर श्ययाको अभावमा शिशुलाई अन्य अस्पतालको शिशु सघन उपचार कक्षमा राख्ने बाध्यता रहेको छ । (रासस)