नवलपरासीको चोरमाराबाट लागुऔषध सहित पक्राउ


शोभा जिसी
नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८ चोरमारा फुलबारीबाट नवलपुर प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।




भैरहवाबाट पोखरा जाँदै गरेको ना ५ ख ८६९८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा कास्की जिल्लाको लेखनाथ नगरपालिका १८ बस्ने २० बर्षका कृष्ण गुरुङ्गलाई लागु औषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।





उनको साथबाट प्रहरीले डाइजोपाम, नुफिन, फेनरागन २ सय ५८ एम्पुलका दरले ७ सय ७४ उम्पेल बरामद गरेको छ ।



सम्बन्धित
Loading...