भारत तीर्थयात्रा गएका कावासोतीका चौधरी १० दिनदेखि वेपत्ता

नवलपरासी, २७ श्रावण ।
भारतको तीर्थ यात्रा गएका नवलपरासीको कावासोती नगरपालिका ३ निवासी ७० बर्षीय धनिराम चौधरी १० दिनदेखि वेपत्ता भएका छन् ।
भारतको विहार घर भई हाल पोखरा बस्दै आएका मन्नुलाल शाहले नेपाली जेष्ठनागरिकहरुलाई प्रतिव्यक्ति १२ हजारको टिकट कटाएर भारतको तीर्थस्थलहरु डुलाउन गरेको मध्ये चौधरी वेपत्ता भएका हुन् ।

भारतको उत्तरप्रदेशको झारखण्डको पटना देवघर बस स्टेशनबाट हराएको धनिराम चौधरीको पारिवारिक स्रोतले जनाएको छ । चौधरीको खोजीका लागि उनका परिवार र आफन्तले प्रहरी, पत्रकार, मानवअधिकारसँग आग्रह गरेको छ ।
चौधरीसँगै तीर्थयात्रा गएका गाउँका अन्य आफन्तका अनुसार जिम्मा लिएर गएका मन्नुलाल शाहले मन्दिरमा जल चढाउने क्रममा हराएका चौधरीको खोजी नगरी अन्य तीर्थयात्रुहरुलाई अनेत्र तीर्थ स्थल घुमाउन लगेका छन ।
चौधरीको खोजीका लागि चौधरीको छोरा र अन्य आफन्तहरु चौधरी हराएको क्षेत्रमा खोजीको लागि गएको भए पनि अझै फेला पर्न नसकेको जनाएका छन् ।