चिकित्सकले लापरवाही गरेको भन्दै पूर्वसभासदले अस्पतालमै छाडिन् बच्चा


पत्रपत्रिका



पूर्वसभासद् गायत्री साह दम्पतीले मेडिसिटी अस्पताल भैंसेपाटीका चिकित्सकको लापरवाहीले आफ्नो बच्चामा डाउन सिन्ड्रोम (जीउ नचल्ने) समस्या देखिएको भन्दै बच्चा लिन अस्वीकार गरेका हुन् ।




अन्नपूर्णका अनुसार, अस्पतालमा शिशु छाडेको पाँच महिना भए पनि उनीहरुले अहिलेसम्म अभिभावकत्व ग्रहण गरेका छैनन् । साह दम्पतीले बेवास्ता गरेपछि अस्पतालले नै बच्चाको हेरचाह गर्दै आएको छ । बच्चाकी आमा कहिले राति र कहिले बिहान आएर फर्किने गरेकी छन् । नर्ससँग धेरै समय बिताउने भएकाले बच्चाले अस्पतालका नर्सलाई नै आमाजस्तो मान्न थालेको  समाचारमा उल्लेख छ ।

अन्नपूर्णमा लेखिएअनुसार, बच्चाको अवस्था एकदमै राम्रो रहेको दाबी अस्पतालले गरेको छ । अन्य बच्चाको जस्तै शारीरिक विकास भएको र अभिभावकत्व पाए थप राम्रो हुने अस्पतालको भनाइ छ । यद्यपि, साहले आफ्नो बच्चा लिन अस्वीकार गर्दै आइरहेकी छन् ।



सम्बन्धित
Loading...