फ्याकिसकेको राजतन्त्र फेरि ब्युँत्याउने प्रयास नगर्न चेतावनी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक पटक फ्याकिसकेको राजतन्त्र फेरि ब्युँत्याउने प्रयास नगर्न चेतावनी दिएका छन्।
आइतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउने सही नीतिसहित अघि बढेको सकार सफल भएरै छाड्ने बताए। उनले अरु कोही भन्दा कम त्याग तपस्या गरेर यो उपलब्धी नगरेको बताउँदै जनताको बलिदानबाट दुईतिहाइ पाएको उल्लेख गरे।

उनले अहिले नयाँ प्रणालीको अभ्यास भइरहेको बताउँदै यसमा पुरानो प्रणालीका पक्षधर पनि अटाएका उल्लेख गरे।
‘चिहानमा गएर हड्डी फुकेर पुरानो व्यवस्था (राजतन्त्र) फर्काउन नखोजे हुन्छ’, ओलीले चेतावनीको शैलीमा भने, ‘यसको अब कुनै अर्थ छैन। बेमौसमी सपना नदेखे हुन्छ, बेमौसमी बाजा नबजाए हुन्छ।’