दाङमा एनसेल टावर आगजनी, जेनेरेटर र तारमा क्षति


दाङ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गएराति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५, रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी, कार्यालयले जनाएको छ ।



प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आगजनीबाट टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।




टावरमा नेत्रविक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यद्यपि, उसले अहिलेसम्म यसको जिम्मेवारी लिएको छैन ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।



सम्बन्धित
Loading...