भरतपुर तनावग्रष्त, प्रदर्शनकारी र प्रहरीबीच झडप, दर्जनबढी अश्रुग्यास प्रहार, गाडीमा तोडफोड
रवि लामिछानेको रिहाइको माग गर्दै १० दिन देखि आन्दोलनरत समर्थकहरुले भरतपुरको चौविसकोठीमा राजमार्ग अबरुद्ध गरेका छन् । उनिहरुले केही गाडी तोडफोड गरेका छन् भने टायर बालेर प्रदर्शन गरेका छन् । राजमार्ग पूर्ण अवरुद्ध छ । प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

त्यस्तै चितवनको भरतपुर अस्ताल रोड तनावग्रष्त बनेको छ । रविका समर्थनमा निस्किएका प्रदर्शनरकारी र प्रहरीलेबीच झडप भएको छ ।
प्रहरीले दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । झडपमा केही प्रहरी घाइते भएका छन् ।
https://www.youtube.com/watch?v=0fmeuIFInlM&t=14s