डडेल्धुरामा अवैध कारोवार नियन्त्रणमा प्रहरीको सक्रियता बढ्दै


दिपकराज भट्ट (डिआर)
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अवैध कारोवार नियन्त्रणमा सक्रियता बढाएको छ । समाजमा हुने विभिन्न अवाञ्छित गतिविधिहरु अवैध मरिदा विक्रि वितरण, भन्सार छली ल्याएका सामाग्री लगातयतका कारोवारमा कडाइ गरेको हो ।
शनिवार जिल्ला सदरमुकाम नजिकैको अमरगढी नगरपालिका–२ आइतबजार स्थित अवैध मदिरा नष्ट गरिएको छ । सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार लगायतको उपस्थितिमा २० लिटर घरेलु मदिरा र मदिरा बनाउनका लागि आवश्यक कच्चा पदार्थ २० केजी बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायव उपरिक्षक दधीराम न्यौपाने बताए ।




डडेल्धुरा सदरमुकाम लगायतका विभिन्न सहरहरुमा अवैध रुपमा लुकाइ छिपाइ गरेर मदिरा बेचबिखन अझै रोकिएको छैन । जस्ले गर्दा समाजमा विभिन्न प्रकारका हिन्सात्मक गतिविधिहरु मौलाइरहेका अमरगढी नगरपालिका–४ का वडा अध्यक्ष दिपेन्द्र थापाले बताए ।
उनले समाजमा अमनचयन कायम गर्न प्रहरी, प्रशासन, पत्रकार नागरिक समाज, जनप्रतिनिधिहरुले समन्वयात्मक रुपमा अगाडी बढ्नु पर्ने बताए ।



सम्बन्धित
Loading...