निशेधाज्ञाका बीच चितवनमा प्रदर्शन
चितवन, भदौं ९ –
जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि रवि लामिछाने समर्थकहरुले प्रदर्शनलाई आज पनि जारी राखेका छन् ।

समर्थकहरुले आज नारायणगढदेखि भरतपुरको विभिन्न चोकचोकमा मोटरसाइकल र्याली गरेका छन् । त्यस्तै, भरतपुरको दूरसञ्चार रोड र चौबिसकोठीमा पनि झडप भइरहेको छ । शहरका चोकचोकमा ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिन्छ । भित्रि सडकसम्म सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।