महिला हरेक क्षेत्रमा सक्षम छः नगर प्रमुख पुन
कमला राना मगर
नवलपुर । हरेक क्षेत्रमा महिला सक्षम रहेकोले हरेक क्षेत्रमा महिलाहरुको सहभागिता बढाउनु पर्नेमा कावासोती नगरपालिकाका प्रमुख चन्द्रा कुमारी पुनले जोड दिएका छन् ।
सबै महिला दिदी बहिनीहरुले आफु भित्रको क्षमतालाई पहिचान गरी अगाडि बढनुपर्ने आजको आवश्यकता रहेको बताउँदै कुनै पुरुष भन्दा महिला कुनै पनि कुरामा कमी नरहेको बताए ।

ओम ज्योति विन्दु ट्रस्टको आयोजनामा कावासोतिमा आजदेखि शुरु भएको ३ दिने उद्घोषण कार्यक्रमको उद्घाटन सत्रलाइ सम्बोधन उनले यस्तो बताए ।
ओम ज्योति विन्दु ट्रष्टका अध्यक्ष विन्दु अधिकारी केसीको अध्यक्षतामा भएको कार्यक्रममा ट्रष्टका सल्लाहाकार झपेन्द्रश्वर भुषाल, सुमित्रा खनाल, खगिसरा गुरुङ्ग, मिठु माया गिरी, देविसरा पुलामी मगर, सरला पोख्रेल नेपाल लगाएत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
३ दिन सम्म संचालन हुने उद्घोषण तालिम कार्यक्रममा प्रितम भुजेल तथा राम व्लोन प्रशिक्षण दिएका छन् ।
तलिममा ५० जना भन्दा प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।