कावासोतीबाट १७ बोरा युरिया मल बरामद


यमबहादुर सोमै मगर
कावासोती । नवलपुर प्रहरीले १७ बोरा अवैध मल बराबद गरेको छ ।
बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ८२०४ नम्बरको बसमा लुकाइछिपाई अवैध रुपमा ल्याएको १७ बोरा युरिया मल बरामद गरेको हो ।




प्रहरीले कावासोती १६ डण्डाबाट उक्त परिणामको मल बरामद गरेको जनाएको छ ।
त्यसैगरी बरामद मल र विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका ८ थान चोरीका मोटरसाइकल आवश्यक कारवाहीको लागि महेषपुर भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जनाए ।



सम्बन्धित
Loading...