कावासोतीबाट अवैध रुपमा नदीजन्य वस्तु ढुवानी गरेका ३ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा
भीम राना मगर
कावासोती । पूर्वी नवलपरासीको कावासोतीबाट अवैध रुपमा गिटी बालुवा ढुवानी गर्ने ३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कावासोती ३ अठ्ठाइसविगाहाबाट चालक सहित लु ३ त ८५७१, ना ७ त १९२४ र लु ४ त ९२३ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
खोलामा ठेक्का नलागेको बेला गिटी बालुवा ढुवानी गर्ने अधिकांश ट्याक्टरहरुले अवैध ढुवानी गर्ने गर्दछन् ।