गुल्मी मालपोत कार्यालयमा अनलाइन सेवा
गुल्मी १२ भदौ । जिल्ला मालपोत कार्यलय गुल्मीको सेवा प्रवाहलाई सहजता र प्रबिधि मैत्री बनाउन अनलाईन मार्फत सेवा सुरु गरेको छ लिखित माध्यमबाट रजिष्टरमा लेखेर काम हुँदै आएको कार्यालयमा कम्प्युटर मार्फत सेवा शुभारम्भ भएको जिल्ला मालपोत कार्यलय गुल्मीले जनाएको छ।

अनलाइन सेवा सुरु भएसँगै गलत कामहरु सबै समाप्त हने दाबी रेसुङगा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतम अनलाईन मार्फत सेवा हालसम्म ८४ वटा कार्यालयले शुरु गरेको जानकारी दिए। डिजिटल प्रबिधि मार्फत काम हुँदा किर्ते कामको अत्य र राजश्व संकलनमा पारदर्शीता आउने गौतमले बताए।
कार्यालयबाट सेवा लिदा सेवाग्राहीले तिनुपर्ने राजस्व वापतको रकम बैंकमा सिधै दाखिला गरेर मात्रै जग्गाको कारोवार हुने कार्यालयले जनाएको छ। यसले सेवाग्राहीलाई सजिलो र बढि रकम तिर्नु पर्ने ठगिनु पर्नेबाट पनि जोगिने छन्।