कलंकीको गेष्ट हाउसमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार


काठमाडौं । राजधानीको कलंकीस्थित पशुपति गेष्ट हाउसमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको उजुरी प्रहरीमा परेको छ । ती किशोरीलाई फकाएर लगी बलात्कार गरेको पनि उजुरीमा उल्लेख छ ।



प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा धादिङको गजुरी १ का २३ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ । ती किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...