७० वर्षमाथिका जेष्ठ नागरिकलाई भाडादरमा छुट दिन आनाकानी गर्न नहुने: मन्त्री भट्टराई


पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीहरुले आनाकानी गर्न नहुनेमा जोड दिए ।
उनले जेष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकोमा जोड दिए । आफूले घोषणा गरेको विषयमा विमान कम्पनीहरुले केही टिप्पणी गरेको बताउँदै उनले यसलाई स्वागत गर्ने बताए ।



विहीबार नवलपरासीको फलाम खानीमा आएका उनले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भरतपुर विमानस्थल काठमाडौंको बैकल्पिक डोमेस्टिक आन्तरिक विमानस्थल बन्ने बताएका छन् ।
काठमाडौंको डोमेस्टिक उडानलाई कम गर्न मन्थली र भरतपुर विमानस्थललाई विस्तार गर्नुपर्छ मन्त्री भट्टराईले भने मन्थलीबाट पूर्व क्षेत्रको उडान र भरतपुरबाट पश्चिम क्षेत्रको उडान भर्ने योजना रहेको छ ।



सम्बन्धित
Loading...