अनैतिक कार्य गराउँदै आएका रेष्टुरेण्ट सञ्चालकसहित ६ जना पक्राउ


कञ्चनपुरको बेदकोट नगरपालिका ३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका ६ बाट प्रहरीले समाजमा शान्ति खल्बल्याएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।



इलाका प्रहरी कार्यालय झलारीको टोलीले दैजीको सम्झना रेष्टुरेन्ट एण्ड बारका सञ्चालक ५२ वर्षीय मोहनजंग रोकाया, उनका छोरा २४ वर्षीय सागर रोकायासहित सहजपुरका एकजना महिला गरी तीनजनालाई पक्राउ गरेको छ।




यसैगरी, सोही आरोपमा शुक्लाफाँटा नगरपालिका ६ वनसमिति बजारमा रहेको पानस रेष्टुरेन्ट एण्ड वारका सञ्चालक ३४ वर्षीय वीरेन्द्र कुवँर र सर्लाही र सुख्खड घर भएका दुईजना महिलालाई पक्राउ गरेको छ।

पक्राउ परेकामाथि मुलुकी अपराधसंहिता ऐन २०७४ को परिच्छेद २ को सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी कार्वाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए। रेष्टुरेण्ट सञ्चालकले महिला राखेर अनैतिक कार्य गराउँदै आएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए।



सम्बन्धित
Loading...