विप्लव समूहद्वारा झापामा मोहियानी हक नदिएको भन्दै जग्गा कब्जा
सरकारद्वारा प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापामा एक व्यक्तिको घरसहित जग्गा कब्जा गरेको छ।

विप्लव नेतृत्वको नेकपा निकट लिम्बुवान स्वयत्त प्रदेश जनपरिषद झापाले मोहियानी हक नदिएको भन्दै शुक्रवार दिउँसो गौरदह नगरपालिका–९ का भूपेन्द्र ढुंगानाको घरसहित जग्गा कब्जा गरेको हो।
जनपरिषद् झापाका प्रमुख यम गिरीले विज्ञप्ति जारी गर्दै प्रकाशन ढुङ्गानाको जमिनसहित घर कब्जामा लिएको जानकारी दिएको छ।
विज्ञप्तिमा गौरदाह–९ का शहीद विष्णु हस्ताको परिवारले मोहियानी हकमार्फत भूपेन्द्र ढुङ्गाना एवं उनका परिवारबाट तत्कालीन जनसत्ताको रोहबरमा पीडित चादमनी हस्ताको परिवारले प्राप्त गरेको जमिन दलाल संसदीय सत्ताका मतियार र आसेपासे एवं कथित अदालत समेत प्रयोग गरी क्षतिपूर्तिसहित संरचना खाली गर्न जारी गरेको उर्दी प्रति जिल्ला जनपरिसदको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
