मध्यविन्दु नगरपालिकाका कृषकहरुलाई कृषिकर्जा सम्बन्धि साक्षरता

गंगा विश्वकर्मा
चोरमारा । नवलपरासीको मध्यविन्दु नगरपालिकाको वडा नं. १३ मैनाघाटका किसानहरुलाई कृषि कर्जा सम्बन्धी साक्षरता कक्षा सञ्चालन गरिएको छ ।
मध्यविन्दु नगरपालिका १३ नम्बर वडा कार्यालय र सेन्चुरी कर्मसियल बैंक शाखा चोरमाराको सयुक्त आयोजनामा शनिबार मैनाघाटका ५० जना कृषकहरुलाई कृषी कर्जा सम्बन्धि साक्षरता प्रदान गरेको छ ।

अझै पनि ग्रामीण भेगमा रहेका कृषकहरुले आफुले प्राप्त गर्ने कृषि कर्जाको बारेमा जानकारी नभएको भन्दै कार्यक्रमहरु संचालन गरिरहेको चोरमारा शाखाका शाखा प्रबन्धक राजेश खरेलले बताए ।
कृषकहरुले ५ प्रतिशत ब्याज अनुदानमा कृषि कर्जा प्राप्त गर्ने र महिला उद्यमीहरुलाई ६ प्रतिशत सहुलीयत व्याज अनुदान अन्र्तगत कर्जा प्रबाह गर्न सकिने प्रबन्धक खरेलले कार्यक्रम मार्फत नै कृषकहरुलाई जानकारी दिएका थिए ।
खरेलले कृषकहरुलाई बैंकबाट पाइने सेवा सुबिधाका बारेमा पनि जानकारी गराएका थिए । कार्यक्रममा मध्यविन्दु नगरपालिका वडा न १३ का वडाअध्यक्ष अर्जुन प्रसाद पंगेनी लगायतलको सहभागिता रहेको थियो ।
