क्यान चितवनमा भुसालको नेतृत्वमा नयाँ समिति चयन
चितवन। कम्प्युुटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा चितवनको अधिवेशनले सन्तोष जनक भुसालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । संस्थाको २ वर्षे कार्यकालका लागि शनिबार भरतपुर–४, लंकुमा भएको १४ औं साधारण सभा तथा सातौं अधिवेशनबाट भुषालको नेतृत्वमा १५ सदस्यीय सर्वसम्मत नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा दिलिप कुमार तामाङ, सचिव टेकलाल भुषाल सहसचिव विद्याप्रसाद अधिकारी, कोषाध्यक्ष रुपक नेपाल चयन हुनुभएको छ ।

त्यस्तै गरी सदस्यहरुमा असिम ढुंगाना, गोविन्द बास्तोला, अनिता भुसाल, भिमप्रसाद सापकोटा, विनोद सापकोटा, मधु चापागाइँ, प्रदिप महत्तो, कृष्ण पोखरेल सर्वसम्मत हुनुभएको निर्वतमान अध्यक्ष भानु शर्माले जानकारी दिनुभएको छ । यस्तै महासंघको प्रावधान अनुसार निर्वतमान अध्यक्ष पदेन सदस्य हुने प्रावधान रहेको छ भने गोविन्द वास्तोला लाई मनोनित गरीएको संस्थाले जनाएको छ ।
संस्थाका निर्वतमान अध्यक्ष भानु शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्प्युुटर एसोसिएसन अफ नेपाल ९क्यान नेपाल०का सह–कोषाध्यक्ष शेखरनाथ दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुलालले सुचना प्रविधिका क्षेत्रमा चितवनले द्रुतगतिमा फड्को मारिरहेको भन्दै यस क्षेत्रको विकास विना अन्य क्षेत्रमा आशातित विकास सम्भव नरहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा क्यान नेपालका केन्द्रिय सदस्य श्यामकल श्रेष्ठ, क्यान प्रदेश नम्बर ३ का उपाध्यक्ष विनोद पौडेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, क्यान नवलपुरका उपाध्यक्ष पूर्णप्रसाद खराल, क्यान धार्दिङका प्रतिनिधि तिलम सिम्खडा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । संस्थामा हाल १५६ जना साधारण सदस्यहरु रहेका छन् ।