चितवनमा तिन छुट्टा छुट्टै दुर्घटना, एकको मृत्यु, पाच जना घाईते


चितवनमा तिन छुट्टा छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाच जना घाईते भएका छन् । चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । गएराति १ बजेर ४० मिनेट जादा पुर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका ४ शिवचोकमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ७ ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नाम थर ठेगाना नखुलेका अन्दाजी ५०,५२ बर्षको पुरुषलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको उपचारको लागी भरतपुर ल्याउदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको छ भने सबलाई भरतपुर अस्पतालमा राखीएको छ।



यसैविच चितवनको भरतपुर महानगरपालिकामा कार र मोटरसाइकल ठक्कर खादा एक जना गम्भीर घाइते भएका छन् । गएराति अन्दाजी १०।४० बजेको समयमा केन्द्रीय बस टर्मील अर्थात पारस बसपार्कबाट टाडी तर्फ जादै गरेको बा ९ च ७६३२ नम्बरको कार र विपरित दिशाबाट आउदै गरेको ना २१ प ५५ ८७ नम्बरको मोटरसाइकल भरतपुर १२ बसन्तचोकमा एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ओखल ढुगां लिखु गाउपालिका ९ बस्ने ३१ बर्षका भिम प्रसाद दाहाल गम्भीर घाइते भएका छन् । कार र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रण रहेका छन् ।




यसैविच भरतपुरमा मोटरसाइकलको ठक्कर बाट चारजना घाइते भएका छन् । शनिबार साझ ६.४५ बजेको समयमा भरतपुर २३ जगतपुरबाट कष्णचोक आउदै गरेको ना २२ प ४०३ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी भरतपुर २३ कै बर्ष ६० की हरिकला विकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी विकको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । ठक्कर दिने मोटरसाइकल चालक सहित पछाडी सवार २ जना पनि घाइते भएका छन् । चालक पर्सा जिल्ला औरही गाउपालिका वडा नंम्बर ४ बस्ने १८ बर्षका अजय चौधरी, पर्सा जिल्लाकै जगनाथ गाउपालिका १ बस्ने २१ बर्षका सुरेन्द्र चौधरी, चितवन जिल्ला भरतपुर महानगरपालिका १४ राजापुर बस्ने २० बर्षका निशान नेपाली घाईते भएका छन् । घाइते मध्य सुरेन्द्रको अवस्था गम्भीर छ भने चालक अजयको मध्यम र निशानको सामान्य अवस्था रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



सम्बन्धित
Loading...