जीवन ज्योति माविमा तीज गीत प्रतियोगिता


कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको जीवन ज्योति माविमा तीज गीत प्रतियोगिता भएको छ ।
विद्यालय स्तरीय प्रतियोगितामा कक्षा ३ देखि कक्षा १२ सम्मका १० वटा टिमको सहभागिता रहेको थियो ।



हत्या, हिंसा बलात्कारको विरोध, बाल अधिकार संरक्षण जस्ता जनचेतनामुलक गीतहरुमा विद्यार्थीहरुले प्रस्तुती गरेका थिए ।
प्रतियोगितामा कक्षा ६ प्रथम, कक्षा ७ द्वितीय, कक्षा १२ तृतीय भएका थिए । त्यसैगरी कक्षा ३ ले सान्त्वना स्थान हालिस गरेको विद्यालयका शिक्षक दीपक सुवेदीले बताए ।
विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक पदमराज कोइरालाले विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।






सम्बन्धित
Loading...