युनाइटेड गोल्डकपः आयोजक रातोका दोस्रो खेलमा पनि विजयी
दिपेन्द्र रेग्मी,
कावासोती । युनाईटेड युवा क्लवको आयोजनामा जारी युनाईटेड गोल्डकपको आजको खेलमा आयोजक युनाईटेड क्लव रातो विजयि भएको छ ।
नवलपुरको हुप्सेकोट ३ गिरुवारिमा रहेको सरस्वती सँस्कृत तथा साधारण उच्च मा.वि.को प्राङ्गणमा जारी प्रतियोगितामा भैरब स्पोर्ट क्लव गोपीगञ्ज सेतोलाई पराजित गर्दै आयोजक रातो विजयी भएको हो ।
खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल टाईवेकरमा धकेलिएको थियो । टाईवेकरमा १ का विरुद्ध ३ गोल गर्दै आयोजकले जित हात पारेको हो । जारि प्रतियोगितामा आयोजक रातोको यो दोस्रो जित हो । यसअघि प्रतियोगिताको पहिलो खेलमै आयोजक रातोले कावासोती खेलकुद समिति हात्तीखोरलाई पराजित गरेको थियो ।
यसैविच भोलि युनाईटेड युवा क्लव अरुणखोला र रड्स क्लव रामपुर चितवन बीच प्रतिस्पर्धा हुने आयोजक क्लवका सचिव गोकुल सारुले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले रु २ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने, द्वित्तीय हुने टिमले नगद रु १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।