खुर्पाले हानी तीजको व्रत बसेकी श्रीमतीको हत्या
रुकुम : रुकुम पश्चिममा तीजकै दिन एक व्यक्तिले खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

अत्याधिक मदिरा सेवन गरेका नविनले सोमबार राति हत्या श्रीमतीको गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार श्रीमतीको हत्या गरी फरार भएका खड्कालाई घर नजिकैको जंगलमा लुके बसेको अवस्थामा खुर्पासहित मंगलबार बिहान करिब ३ बजे प्रक्राउ गरिएको अन्नपूर्णमा खबर छ।