बालुवाटार जग्गा प्ररकरण : ५८ जनालाई सात दिनभित्र अख्तियारले बोलायो
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा किनबेच गरेका सबैलाई छानबिन गर्ने भएको छ। त्यसक्रममा आज ५८ जनाको सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन भनेको छ।

५८ जनामध्ये ५४ जना कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएको अख्तियारले जनाएकाे छ। बयानका लागि बोलाइएका मध्ये दुई जना गुठी संस्थानका कर्मचारी हुन् भने अरु दुई जनाको विवरण खुलाइएको छैन।
कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदार बाहेक बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको अख्तियारले अब छुटेका र छिटफुट बाँकी रहेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको हो।
बयानका लागि बाेलाइका व्यक्ति
