कावासोतीको सवारी दुर्घटनामा २५ जना घाइते




रामकुमार श्रेष्ठ
नवलपरासी, १८ भदौ । पूर्वी नवलपरासीको कावासोती १६ डण्डामा बुधबार भएको सवारी दुर्घटनामा परी २५ जना घाइते भएकबा छन् ।
बुधबार दिउँसो डण्डाको पत्थर खोला नजिकै पश्चिमबाट पूर्व आउँदै गरेको ग १ ख ७६६५ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको लु २ ख १६७६ नम्बरको बस एक आपसमा ठक्कर खाँदा २५ जना घाइते भएका हुन् ।
घाइते मध्ये गम्भीर चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ भने बाँकीको जिल्ला अस्पताल मध्यविन्दु अस्पताल कावासोती १६ डण्डामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।




घाइतेहरुको विवरण

  • बस चालक जि.तनहुँ देबघाट गा.पा.-४ घर भई हाल जि.चितवन जुगेडी १७ किलो बस्ने बर्ष ५१ को चिज बहादुर गुरुङ, शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर ।(नयाँ मेडिकल कलेजमा रिफर)
  • ट्रक चालक जि.चितवन भ.म.न.पा.-२९ बस्ने बर्ष ३५ को सागर गुरुङ, खुट्टा र टाउकोमा चोट, अवस्था गम्भिर ।(नयाँ मेडिकल कलेजमा रिफर)
  • जि.रुपन्देही तिलोत्तमा न.पा.-१४ बस्ने बर्ष ७६ कि तिल कुमारी थापा, आखाँमा चोट, अवस्था मध्यम ।(नयाँ मेडिकल कलेजमा रिफर)
  • ऐ.ऐ.-८ बस्ने बर्ष ४५ कि बालिका आचार्य, टाउको र खुट्टामा चोट, अवस्था मध्यम ।
  • ऐ.ऐ.बस्ने बर्ष २४ कि निता आचार्य, हात र मुखमा चोट, अवस्था मध्यम ।
  • जि.सिन्धुली कमलामाई न.पा.-४ बस्ने बर्ष ३० को चन्द्र बहादुर थिङ, ढाड र खुट्टामा चोट, अवस्था मध्यम ।
  • जि.न.प.पुर्ब मध्यबिन्दु न.पा.-१४ बस्ने बर्ष ३१ कि सिमा कुमारी ढेगा, खुट्टामा चोट, अवस्था मध्यम ।
  • ऐ.ऐ.-१० बस्ने बर्ष ३८ कि मिरा के.सी., खुट्टा र ढाडमा चोट, अवस्था मध्यम ।
  • ऐ.ऐ.बस्ने बर्ष २४ कि धन कुमारी महत्तो, खुट्टामा चोट, अवस्था मध्यम ।
  • ऐ.गैडाकोट न.पा.-१५ बस्ने बर्ष ४० कि शान्ती रानाभाट पौडेल, खुट्टामा चोट, अवस्था मध्यम ।(नयाँ मेडिकल कलेजमा रिफर)
  • ऐ.मध्यबिन्दु न.पा.-७ बस्ने बर्ष १८ कि बिष्णु रिजाल, मुख र खुट्टामा चोट, अवस्था मध्यम ।
  • जि.कपिलबस्तु बाणगंगा न.पा.-३ बस्ने बर्ष ७३ कि शारदा चुदाली, शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम ।
  • जि.चितवन रत्ननगर न.पा.-१ बस्ने बर्ष ७१ को नेत्र बहादुर क्षेत्री, खुट्टामा चोट, अवस्था मध्यम ।
  • जि.न.प.पुर्व मध्यबिन्दु न.पा.-१२ बस्ने बर्ष २७ कि गालमाया कुमाल, टाउकोमा चोट, अवस्था मध्यम ।
  • ऐ.ऐ.बस्ने बर्ष ८ कि आस्मा कुमाल, टाउकोमा चोट, अवस्था मध्यम ।
  • ऐ.ऐ.बस्ने बर्ष ५ को एमित्स कुमाल, टाउको र मुखमा चोट, अवस्था मध्यम ।
  • ऐ.ऐ.-१५ बस्ने बर्ष १८ कि ओमकला चौधरी, टाउको र खुट्टामा चोट, अवस्था मध्यम ।
  • ऐ.ऐ.बस्ने बर्ष २० कि रितु चौधरी, हात र घाटीमा चोट, अवस्था मध्यम ।
  • जि.रुपन्देही कञ्चन गा.पा.-३ बस्ने बर्ष ३१ कि सकुन्तला शर्मा, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
  • ऐ.तिलोत्तमा न.पा.-१४ बस्ने बर्ष ५६ कि बिष्णुकला पुन, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
  • जि.न.प.पुर्व मध्यबिन्दु न.पा.-१५ बस्ने बर्ष ३२ कि सम्झना कुमाल, कान र खुट्टामा चोट, अवस्था मध्यम ।
  • ऐ.ऐ.बस्ने बर्ष १२ कि रितिका कुमाल, निधारमा चोट, अवस्था मध्यम ।
  • जि.रुपन्देही तिलोत्तमा न.पा.-१५ बस्ने बर्ष ३५ कि सिता अर्याल, नाक र टाउकोमा चोट, अवस्था मध्यम ।
  • ऐ.ऐ.बस्ने बर्ष १३ को मनदुत अर्याल, खुट्टामा चोट, अवस्था मध्यम ।
  • जि.चितवन भ.म.न.पा.-४ बस्ने बर्ष १९ कि प्रशंसा अर्याल, टाउकोमा चोट, अवस्था मध्यम ।


सम्बन्धित
Loading...