दशैंको अग्रिम टिकट बुकिङ खोल्न यातायात व्यवसायीको बार्गेनिङ
पत्रपत्रिका
नेपालीहरूको महान् चाड दशैं नजिकिँदै छ । लाखौं नेपाली दशैंमा घर जाने मनस्थितिमा छन् । तर, यातायात व्यवसायीहरूले दशैंका लागि अग्रिम टिकट बुकिङ गर्न बार्गेनिङ गरेको आजका पत्रपत्रिकाहरूले खबर लेखेका छन् ।

राजधानी दैनिकका अनुसार, यातायात व्यवसायीहरूले टिकट बुकिङअघि भाडा बढाउन प्रस्ताव गरेका छन् । भाडा नबढेको पाँच वर्ष भइसकेको र यस अवधिमा पाटपुर्जा र कर्मचारीको तलब धेरै बढेकाले भाडाको विषयमा बुझिदिन उनीहरूले सरकारसँग आग्रह गरेका छन् । व्यवसायीहरूले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन कठिन भएको गुनासो पनि गरेका छन् ।