आज नेपाल र बंगलादेश भिड्दै


श्रीलंकाका जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आइतबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’मा रहेको नेपाललाई अघिल्लो चरणमा पुग्न बंगलादेशसँगको खेल निकै महत्वपूर्ण छ ।

पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग डकवर्थ एन्ड लेविस नियमका आधारमा पाँच विकेटले पराजित भएको थियो । टेस्ट राष्ट्र बंगलादेश पनि नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । बंगलादेशले पहिलो खेलमा यूएईमाथि सहज जित निकालेको छ । त्यसैले पनि बंगलादेशको मनोबल उच्च छ । नेपाल र बंगलादेशबीच यसअघि उमेर समूहमा पाँच पटक प्रतिस्पर्धा भएको छ । चार खेलमा बंगलादेश विजयी भएको छ । एक खेल वर्षाका कारण रद्ध भएको थियो ।



सम्बन्धित
Loading...