वैदिक युवा परिषद नवलपुरको भेला सम्पन्न


नारायण प्रभु
नवलपुर ।
वैदिक युवा परिषद नवलपुरको जिल्ला भेला कावासोतीमा सम्पन्न भएको छ।
परिषदका अध्यक्ष लोकमणी पराजुलीको अध्यक्षतामा भएको भेलामा बैदिक युवा परिषदका केन्द्रिय सदस्य चुडामणि भट्टराई प्रमुख अतिथी रहनुभएको थियो।
भेलालाई सम्बोधन गर्दै भट्टराईले हिन्दु धर्म मान्नेहरु पहिला आफू सुध्रीएर मात्र अरुलाई सुधार्न लागि पर्नु पर्ने,हिन्दु धर्म के हो भन्ने कुरा जब सम्म हामी हाम्रा सन्ततिलाई सिकाउदैनौ तब सम्म हाम्रा पछिल्ला पुस्ताले यसलाई अनुसरण गर्न सक्दैनन त्यसैले समाज सुधार्न पहिला आफ्नो घर सुधार्नु पर्ने बताउनु भयो।
त्यस्तै बिशिस्ट अतिथी वैदिक धर्म परिषद्का केन्द्रिय सदस्य भुपेन्द्र शर्मा भट्टराईले यदि कुनै पनि डलरका खेती गर्ने हरुले हिन्दु धर्मको अपमान गर्छ र देशलाई हिन्दु राष्ट्र नबनाएर धर्म निरपेक्षतामा राखिरहन्छ भने हामी पनि चुप लागेर नबस्ने बताउनु भयो।

भेलामा नेपाल सनातन धर्म संस्कृति संगठनका केन्द्रिय सदस्यहरु गिरिराज पुरुष, उपेन्द्र बिक्रम पुरुष ,वैदिक धर्म परिषद नवलपुरका उपाध्यक्ष नारायणी भट्टराई,वैदिक धर्म परिषद कावासोती नगर अध्यक्ष भानुभक्त भण्डारी लगायतको  उपस्थिति रहेको थियो।
परिषदले आगामी २५ गते वैदिक युवा परिषदको कावासोती नगर कमिटी गठन गर्न दिपक ढुङ्गानाको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिती निर्माण गरेको छ।



सम्बन्धित
Loading...