गैडाकोटका दुई जना लागुऔषध सहित पक्राउ


शोभा जिसी
नवलपरासी, २३ भदौ । जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले नवलपरासीको गैडाकोटका दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

कावासोती १६ तिन घरे चोकमा चेकजाँचको क्रममा गैडाकोट २ बस्ने २४ बर्षका दिपेन्द्र शाही र सोही स्थानका १८ बर्षीय विशाल थापालाई लागु औषध सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट फेनारगन ५२ एम्पुल, नोफिन ५२ एम्पुल र डाइजापाम ५२ एम्पुल बरामद गरेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...