पाइपलाइनबाट तेल, घट्यो मूल्य



लामो समयदेखि चर्चामा रहेको मोतिहारी-अमलेखगञ्‍ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाएसँगै मंगलबारदेखि पाइपलाइनबाट डिजेल आपूर्ति गर्ने कार्य सुरु भएको छ। अन्तर्राष्ट्रिय बजारबाट आयात हुने बस्तु वा पदार्थमा सबैभन्दा ठूलो हिस्सा अगटेको पेट्रोलियम पदार्थ पाइपलाइनबाट आपूर्ति गर्दा ठूलो मात्रामा ढुवानीको लागत घटेको नेपाल आयल निगमले जनाएको छ। गत वर्ष पेट्रोलियम पदार्थको आयातमा नेपालले दुई खर्ब रुपैयाँ खर्चिएको छ।

मंगलबार दिउसो रिमोरटबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइन उद्घाटन गरेसँगै निरन्तर पाइपलाईनबाट डिजेल आउन थालेको छ। ओलीले सिंहदरबारबाट र मोदीले हैदरावाद हाउसबाट बटन दवाए पछि आयल निगमको अमलेखगञ्‍ज डिपोमो डिजेल झरेको हो।
पाइपलाइनबाट डिजेल आउन सुरु गरेसँगै यसको असर उपभोक्ताको मूल्यमा समेत देखिएको छ। नेपाल आयल निगमले मंगलबार देखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य घटाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उद‍्घाटन कार्यक्रममा लागतमा कमी आउँदा उपभोक्ताले सस्तो दरमा पेट्रोलियम पर्दाथ पाउने बताए। नेपाल आयल निगमका अनुसार अहिलेको अवस्थामा पाइपलाइनबाट डिजेलको आपूर्तिले ८० करोड ढुवानी लागत बचत हुनेछ। जस अनुरूप पेट्रोल डिजेल र मट्टितेलमा २/२ रुपैयाँ घटाइएको हो।



सम्बन्धित
Loading...