नवलपुर ड्राईभिङ्ग व्यवसायी संघको अध्यक्षमा प्रविन सापकोटा
कावासोती, २५ भदौ।
नवलपुर ड्राईभिङ्ग व्यवसायी संघ नवलपुरको अध्यक्षमा प्रविन सापकोटा चयन भएका छन् । आज भएको ड्राईभिङ्ग व्यवसायीको भेलाले प्रविन सापकोटाको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यिय कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा ठाकुर कोईराला, सचिवमा बासु कोईराला, सह सचिवमा अर्जुन केसी, कोषाध्यक्ष गंगाधर न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्यमा पदमराज भण्डारी, विनोद बराल, धर्मागत बस्याल, चुन्न प्रसाद सापकोटा, रमेश पाण्डे, राज सिंह गुरौ चयन भएका छन्।
नव गठित संघका अध्यक्ष प्रविन सापकोटाले संघले ड्राईभिङ्ग व्यवसायीको हक हितमा कार्य गर्दै जाने कताए।
भेला लगतै बसेको ठैकले सबै व्ययवसायीले एउटै दररेट कायम गरेर काम गर्ने निर्णय गरेको उनले बताए ।
भेलाले विधान दर्ता गर्ने लगायतका निर्णहरु समेत गरेका छन् ।