नवलपुर जिल्लामा १६ प्रतिशत भ्रष्टाचार, गोर्खा जिल्ला गण्डकी प्रदेशकै सबैभन्दा बढी अनियमितता हुने जिल्ला




कमला राना मगर
नवलपुर । गण्डकी प्रदेस सभा सार्वजनिक लेखा समितिले गण्डकी प्रदेशको गोर्खा जिल्लामा अनुदानमा सबै भन्दा धेरै अनियमितता भएको पाइएको जनाएको छ ।
गण्डकी प्रदेश सभा सार्वजनिक लेखा समितिको आयोजनामा आज नवलपुरको कावासोतिमा सम्मपन्न सुशासन कायम र भ्रष्टाचार नियन्त्रण को लागि सरोकारवालाहरु सङ्ग अन्तरक्रिया कार्यक्रममा टोली संयोजक संसद ओमकला गौतमले यस्तो बताए ।
गण्डकी प्रदेसका संसदहरुको लेखा समितिको टोलीले ११ वटा जिल्लाका ८५ वटा स्थानिय तहमा कस्तो अनिमियता छ त्यस्को छानबिन गर्ने जनाएको छ ।


तीन सदस्यीय लेखा समितिको टोलीले बुधबारको कार्यक्रममा नवलपुर जिल्लामा पनि प्रदेश सभाबाट बिनियोजित बजेटमा अनिमियतता देखिएको बताउदै नवलपुर जिल्लामा १६ प्रतिशत भ्रष्टाचार भएको पाइएको जानकारी गराएको छ ।
नवलपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उपस्तिथि रहेको सो कार्यक्रम मा विगतका दिनहरुमा भन्दा आजका दिनहरुमा भ्रष्टाचार मौलाउदै गएको र संघियता समेत खतरामा पुगेको बताएका छन् ।
नवलपुर जिल्ला कान्छो जिल्ला भएकोले यसलाइ हेर्ने दृष्टीकोण पनि फरक रहेको सरोकारवालाहरुको भनाइ रहेको छ ।
साथै नवलपुर जिल्लामा पनि कृषि मोडेल फर्महरु रहेको र अनुदान रकम प्रभावकारी भए नभएको सरोकारवालाले जानकारी गराउनुपर्ने लेखा समितिले अनुरोध समेत गरेको छ ।
लेखा समीतिको संयोजकमा गण्डकी प्रदेश संसद ओमकला गौतम तथा सदस्यमा संसद रामजी बराल र संसद राम बहादुर गुरुङ रहेका छन् ।






सम्बन्धित
Loading...