डेढ तोला सुनले लग्यो ज्यान, हत्यारा सार्वजनिक (भिडियो सहित)


भान्छामा मृत भेटिएकी भुमादेवी


नवलपुर, २६ भदौ ।
नवलपरासीको गैडाकोटमा डेढ तोला सुनका कारण एक जना महिलाले ज्यान गुमाउनु परेको छ ।
मंगलबार दिउँसो लुट्न गैडाकोट १५ मनकामना टोलका ७० बर्षीय भुमादेवी खत्रीको घर गएका खोटाङको खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्काले डेढ तोला सुन लुट्ने क्रममा खत्रीको हत्या गरिदिएका छन् ।
खड्कासँगै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत नवलपुरमा म्याद थप गरी विहीबार सार्वजनिक गरेको छ ।
मृतक खत्रीको आँखा फुटेको थियो भने टाउँको मुख र कानबाट रगत बगेको थियो ।

उनको हत्यामा संम्लग्न रहेको आशंकामा प्रहरीले खोटाङको खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्कालाई पक्राउ गरेसँगै अन्य ३ जनालाई पनि पक्राउ गरेको हो ।
घटनामा सम्लग्न खड्काले आफूले हत्या गर्ने नियतले नभई कानको सुन लुट्ने क्रममा खत्री लड्न पुगेको तर उनको मृत्यु भएको आफूलाई समेत थाहा नभएको बताए । पक्राउ परेका खड्काले हत्यामा अन्य ३ जनाको सम्लग्न नरहेको तर चोरीका समान विक्री गर्नमा भने सम्लग्न रहेको दावी गरेका छन् ।




हत्या आरोपमा पक्राउ परेकाहरु

 

प्रहरीले गएका खोटाङको खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्का, खड्काकी श्रीमती ३५ बर्षीया मिना खड्का, तनहु रिसिङ घर भई हाल गैडाकोट १५ बुद्धचोक बस्ने ४५ बर्षका बसन्तकुमार बराल, बरालकी श्रीमती ३८ बर्षका कमला बराललाई नियन्त्रणमा लिएको गैडाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट केही गरगहना समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद सामग्रीहरु

उनीहरुको साथबाट डेढ तेला सुन र २२ लाल अन्य सुनका गहना प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरुलाई गैडाकोटबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी मोहन प्रसाद पोख्रेलले घटनाको अनुसन्धान भईरहेको बताए । पोख्रेलका अनुसार विहीबार अदालतमा लगेर म्याद थप गरिएको छ । पोख्रेलले पक्राउ गरिएकाहरुसँगबाट लुटिएका गरगहना समेत बरामद भएकोले हत्यामा यिनीहरुको सम्लग्नता रहेको बताए ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=3ZL4usB_deU

 

 



सम्बन्धित
Loading...