नवलपरासीमा जनजातीले संबिधान दिवसलाई कालो दिनको रुपमा मनाउने
नवलपरासी, १ असोज । नेपाल आदिवासी जनजाती महासंघ पूर्वी नवलपरासीले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने भएको छ ।
आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङले महासंघले असोज ३ लाई कालो दिनको रुपमा मनाउने जानकारी दिए ।

उनले असोज ३ गते नवलपुरको कावासोतीको फलफूल चोक सहित विभिन्न स्थानमा कालो झण्डा र ब्यानर सहित कोण सभा गरेर कालो दिवसको रुपमा मनाइने बताए ।
विभेदकारी संबिधान जारी भएको असोज ३ गतेलाई आदिवासी जनजाती, मधेसी, दलित, मुस्लिम, महिला लगायत सम्पूर्ण उपेक्षित समुदायहरुले आफुहरु प्रती गम्भीर धोका, घात र विभेद भएको दिनको रुपमा लिएको उनले बताए ।
सरकारले असोज ३ लाई ‘टोल टोलमा झण्डा, घर घरमा दिपावली’ नारा सहित संबिधान दिवसको रुपमा मनाइने जनाएको छ ।