साढे ८ किलो चरेशसहित तीन जना पक्राउ
दाङ, असोज १ । साढे ८ किलो प्रतिवन्धित लागु औषध चेरेशसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ४ निवासी २१ बर्षीय गणेश वली, सोही ठाउँ निवासी २७ बर्षीय भूपेन्द्र थापा र ४० बर्षीय अमृत थापा रहेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहका अनुसार उनीहरु तीनै जनालाई बुधवार दिउँसो घोराही उपमहानगरपालिका वडा नं. १९ खम्वास भन्ने स्थानवाट पक्राउ गरिएको हो ।
खम्बास दाङ–होलेरी सडक खण्डमा पर्ने गर्छ । पक्राउ परेका व्यक्तिहरुले प्रयोग गरेको रा ३ प ४५५९ नम्वरको मोटरसाईलक पनि बरामद भएको प्रहरीले बताएको छ ।
१५ दिनमा ९ जना पक्राउ जिल्ला प्रहरी प्रमुखको रुपमा नयाँ एसपी जनक भट्टराई दाङको १५ दिनको अवधिमा ९ जना विभिन्न व्यक्ति लागु प्रतिवन्धित लागु औषधसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
