माथिल्लो कर्णालीको राष्टघाती संझौता खारेजको माग गर्दै काठमाडौंमा पाँच दलको प्रदर्शन




रामकुमार श्रेष्ठ
काठमाडौं । जिएमआरसँग गरिएको माथिल्लो कर्णालीको राष्टघाती संझौता खारेजीको माग गर्दै काठमाडौंमा बुधबार पाँच दलले प्रदर्शन गरेका छन् ।
जिएमआरसँग गरिएको माथिल्लो कर्णालीको राष्टघाती संझौता भएकोले खारेजीको माग र स्वदेशी लगानीमा माथिल्लो कर्णाली जलविद्धुत परियोजना निर्माणको माग गर्दै पाँच दलले प्रदर्शन गरेका हुन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल लगायतका पार्टीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् । पाँच राजनीतिक दलहरुसँगै माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियान, पुष्पलाल अध्ययन समाज, राष्ट्रिय जागरण परिषद नेपाल, राष्ट्रिय पुर्नजागरण नेपाल र राष्ट्रिय सरोकार नेपालको आयोजनामा काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ वानेश्वर चोकसम्म वृहत विरोध ¥याली र विरोध सभा गरिएको थियो ।


विभिन्न व्यानर, झण्डा, प्लेकार्डहरु वोकेका प्रदर्शनकारीहरुलाई संसद भवन जानबाट प्रहरीले रोकेपछि सोही स्थानमा विरोध सभा गरेका थिए ।
विरोध सभालाई सम्वोधन गर्दै देजमोका अध्यक्ष सिपी गजुरेलले सबैभन्दा कम लागतमा निर्माण गर्न सकिने कर्णाली सम्झौता भएको १२ बर्षमा पनि कुनै काम नहुँदा पनि सरकारले यसलाई पुन जिएमआरलाई दिन लागेको भन्दै विरोध गरेका थिए ।
उनले यो सम्झौता नियम अनुसार पनि खारेज भइसकेकोले सरकारले जिएमआरसँग सम्झौता खारेज भएको घोषणा गर्दै स्वदेशी लगानीमै बनाउनु पर्नेमा जोड दिए ।
गजुरेलले भने – यसभित्र ठूलो धनराशीको चलखेल हुँदैछ । प्रधानमन्त्रीदेखि मन्त्रीहरु र प्रशासनका उच्च ओहोदाका अधिकारीहरुले अरवौ रुपैयाँको भ्रष्टाचार गर्दैछन् । जसको खबरदारी गर्नु अत्यावश्यक छ ।
उनले नेपालको वाइड वडी भ्रष्टाचार, एनसेलभित्रको भ्रष्टाचार, एनटिसीको फोरजी भ्रष्टाचार भन्दा यो कयौं गुना ठूलो भष्टाचार काण्ड भएको दावी गरे ।



सम्बन्धित
Loading...