कांग्रेस जिम्मेवार नबन्ने लोकतान्त्रिक गणतन्त्र धरापमाः महामन्त्री कोइराला




नवलपरासी (गैंडाकोट) २ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले कांग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने बताएका छन् ।

नेपाली काग्रेस पूर्वी नवलपरासी प्रदेश क ले विहीबार गैडाकोटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री एवम् नवलपुर क्षेत्र नं. १ का संघीय सांसद डा. कोइरालाले यस्तो बताएका हुन् ।

उनले गणतन्त्र टिकाउन कांग्रेस जिम्मेवार नहुने हो भने वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकारको दम्भका कारण लोकतन्त्र र गणतन्त्र दुबै खतरामा पर्ने र काग्रेस जिम्मेवार हुनै पर्नेमा जोड दिए ।
पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले नेपाली काग्रेसले अहिले कम्युनिष्ट शासनको रणनीतिलाई पर्ख र हेरको अबस्थाबाट नियालेको र तर अब यस्तै रवैया उनीहरुमा रहिरहे काग्रेस चुप लागेर नबस्ने र सशक्त प्रतिकार र खबरदारी गर्नेमा जोड दिए ।
काग्रेस महामन्त्री डा. कोइरालाले दोस्रो चरणको जागरण अभियानले पार्टीमा गुट उपगुटको अन्तय गराउन सफल हुनु पर्ने र वर्तमान सरकारको निर्वाचनका बेलाका प्रतिबद्धता र हाल गरिरहेको कामको बास्तविकताका बारेमा जनतालाई जानकारी गराउँदै कांग्रेसले गरेको महत्वपूर्ण कामका बारेमा टोलटोलमा पुगेर सशक्त रुपमा सुसुचित गराउन पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
अन्तरक्रिया कार्यक्रममा काँग्रेस कार्यकर्ताले कांग्रेसका नेताहरुले गुट उपगुट, झुण्ड र नातावाद त्यागेँ कांग्रेसलाई कसैले हराउन नसक्ने सुझाब दिएका छन् ।
काग्रेस कार्यकर्ताहरुले कम्युनिष्टको अन्याय अत्याचार र खोक्रो आश्वासनको भण्डाफोर तथा कांग्रेसले गरेका महत्वपूर्ण कार्यको जानकारी आमजनतामा पु¥याउन नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नुपर्ने लगायतका विषयमा सुझाव दिएका प्रदेश सभापति खेमप्रसाद सापकोटाले बताए ।




कार्यक्रममा केन्द्रीय प्रतिनिधि पुर्ब सांसद शंकर पाण्डेले कांग्रेसले विगतमा गरेको गल्तीबाट पाठ सिक्दै भावी दिनमा सबल र सक्षम भएर अघि बढेमा कसैले हराउन नसक्ने बताए ।



सम्बन्धित
Loading...