संविधान दिवस कालो दिनः नवलपरासीमा जनजातिको शान्तिपूर्ण विरोध सभामा प्रहरी हस्तक्षेप (भिडियो सहित)




नवलपरासी, ३ असोज । आदिवासी जनजाति महासंघ नवलपुरले कावासोती १६ डण्डामा शुक्रबार गरेको शान्तिपूर्ण विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।
संविधानमा आदिवासी जनजातिका पूर्ण अधिकार सुनिश्चित नभएको र संविधानले दिएको अधिकार पनि यो सरकारले खोस्ने काम गरेको भन्दै आदिवासी जनजाति महासंघ लगायतका संस्थाहरुले शुक्रबार विहान डण्डामा सभा गरेको थियो ।


सभामा थारु कल्याणकारिणी सभा नवलपरासीका पूर्व सभापति गणेशमान महतो बोलेर आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव राजकुमार बोटे बोल्न शुरु गरेपछि प्रहरीले हस्तक्षेप शुरु गरेको हो ।
कार्यक्रमको बीच बीचका प्रहरीले कार्यक्रम रोक्न खोज्ने झण्डा ब्यानर झिक्न खोज्ने गरेको थियो भने सचिव राजकुमार बोटे बोल्दा बोल्दै कार्यक्रम रोकेका थिए ।
प्रहरीले हस्तक्षेप गर्न खोजेसँगै निक्कै लामो समय भनाभन समेत भएको थियो भने प्रहरीले फोटो र भिडियो खिच्दै गरेको एक जना प्रदर्शनकारीको मोबाइल केही बेर खोसेर राखिदिएको थियो भने कालो झण्डा झिकेको थियो । राजकुमार बोटे बोल्दा बोल्दै प्रहरीले हस्तक्षेप गरेपछि आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङले विरोध सभा सकिएको घोषणा गरेका थिए ।
आदिवासी जनजाति महासंघ, थारुकल्याणकारिणी सभा लगायतका संघसंस्थाहरुको आयोजनामा भएको विरोध सभा शुरु हुनु पूर्व जनजातिका प्रदर्शनकारीहरुले निधारमा कालो पट्टी बाँधेर डण्डामा र्याली पनि निकालेका थिए ।




भिडियो

 

https://www.youtube.com/watch?v=8dIjdt7sEgA



सम्बन्धित
Loading...