बर्दघाट उद्योग वाणिज्य संघ भाडभैलो सदस्य मनोनयनमा विरोध


बर्दघाट उद्योग वाणिज्य संघमा कार्य समिति विस्तार गर्ने क्रममा अध्यक्षले मनोमानी गरेर आफु अनुकुल व्यक्तिलाई कार्यसमितिमा ल्याएको भनि उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष, महासचिव र कार्यसमिति सदस्यले निर्णयमा असहमति लेखी असहमती जनाउदै बैठकबाट बाहिरिएका छन ।
बर्दघाट उद्योग वाणिज्य संघको अधिवेशन भएको केही समयपछि आइतबार बसेको बैठकले विधान सम्मत कार्य समिति विस्तारका लागी सदस्यता मनोयन गर्ने विषयमा आपसी समझदारी भईरहदा एक्कासी राजनितिक पुर्वाग्रह स्वरुप सहमतीमा प्रयास नगरी आफु अनुकुल सदस्यहरुलाई मनोनयन गरिएको भन्दै लोकतान्त्रीक गठबन्धनका प्रतिनिधीहरुले असहमती जनाएका छन । ०५ गते बसेको बैठकले एसोसीयट सदस्यको रुपमा किसान पाईप , तथा महिला सदस्य दिलमाया राना,  सदस्यहरुमा गंगा पाठक तथा कृष्ण गौतमलाई मनोनीत गर्ने निर्णय गरेको थियो ।
यसरी नोट अफ डिसेन्टमा सम्पुर्ण ब्यापारी वर्गकोहरुको भावना लाई अवमुल्यन गर्दै हाम्रो संस्था उद्योग वाणिज्य संघ बर्दघाटलाई अध्यक्षले एक्लौटी र पुर्वाग्रही ढगंले संचालन र निर्णय गर्दै अगाडी बढेकोले अहमती रहेको जनाईएको थियो ।




सम्बन्धित
Loading...