सर्दीमा गोही भेटियो

नवलपरासी, ६ असोज । नवलपरासीको विनयी त्रिवेणी ४ सर्दीमा आइतबार साँझ गोही फेला परेको छ ।
विनयी त्रिवेणी ४ को सालघारीको डम्मेर खोलामा २० केजीको गोही आइतबार साँझ स्थानीयले फेला पारेका हुन् । नारायणी नदी किनारमा पाइने गोही खोलामा भेटिएपछि स्थानीय अचम्म परेका थिए ।
फेला परेको गोही स्थानीयले डिभिजन वन कार्यालय कावासोतीको जिम्मा लगाएका छन् ।