बोटे समुदायका महिलाहरुलाई क्षमता अभिवृद्धि तालिम




शोभा जिसी
नवलपरासी, ६ असोज । नवलपरासीको मध्यविन्दु नगरपालिका र चितवनको कालिका नगरपालिकाका बोटे महिलाहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
सोमबारबाट कावासोतीमा शुरु भएको तालिम दुई दिनसम्म चल्ने छ । तालिममा नवलपरासीको मध्यविन्दु नगरपालिका र चितवनको कालिका नगरपालिकाका ३० जना अगुवा महिलाहरुको तालिमको सहभागिता रहेको थियो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र आदिवासी जनजातिहरुको मानव अधिकार वकालत गर्ने वकिलहरुको संगठन (लाहुर्निप) को आयोजनामा भएको तालिमको नेपाल बोटे समाजका महासचिव दीपक बोटेले उद्घाटन गरेका थिए ।
बोटे समुदायका अगुवा महिलाहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रदान गरिएको तालिममा अधिवक्ता लक्ष्मी राई, आदिवासी जनजाति महासंघ सचिवालय सचिव राजकुमार बोटेले प्रशिक्षण दिएका थिए ।



सम्बन्धित
Loading...