लागु औषधसहित नवलपुरमा एक जना पक्राउ




गंगा विश्वकर्मा –

असोज ०८, नवलपुर । नवलपुरको कावासोतीबाट लागु औषधसहित एक जना पक्राउ परेका छन् । कावासोती नगरपालिका १६ चालिस किलो जंगलमा चेकिङ्गमा खटिएको प्रहरी टोलीले आज दिउसो ५ ट्याब्लेट नाईट्रोभेट र ३ सय ३० एम्पुल लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो ।




भैरहवाबाट पोखरा जाँदै गरेको ना ६ ख ७४९५ नंबरको यात्रुबाहक बसमा सवार तनहुँको व्यास नगरपालिका ४ बस्ने १९ बर्षिय आशिष नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।



नेपालीको साथबाट फेनरागन ११० एम्पुल, डाईजोपाम ११० एम्पुल, नुफिन ११० एम्पुलसहित ५ ट्याब्लेट नाईट्रोभेट बरामद गरिएको डिएसपी रानाभाटले बताए ।

पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भैरहेको छ ।



सम्बन्धित
Loading...