प्रश्नपत्रमा नै उत्तर भेटिएपछि




हुमाकान्त पाेखरेल

गुल्मी, असाैज १० । प्रश्नपत्रमा नै उत्तर भेटिएपछि गुल्मीमा ४० मिनेट परीक्षा स्थगित गरिएकाे हाे । नेपाल सरकार, शिक्षक सेवा अायाेगले लिने माध्यमिक तहकाे अध्यापन अनुमति पत्रकाे प्रश्नपत्रमा उत्तर भेटिएपटि ४० मिनेट परीक्षा स्थगित गरिएकाे हाे ।




रेसुङ्गा बहुमुखी क्याम्पसकाे केन्द्र क मा अङ्ग्रेजी बिषयकाे समूह घ काे वस्तुगत प्रश्नपत्रका प्रश्नकाे वैकल्पिक सहि उत्तर स्पष्ट देखिने गरि गाढा अक्षरमा अाएपछि परीक्षा स्थगित गरि पुन परीक्षा गराइएकाे केन्द्राध्यक्ष राम बहादुर थापाले जानकारी दिए । प्रश्नपत्रमा समावेश हुने सबै ४० वटै प्रश्नकाे उत्तर प्रश्नपत्रमा नै छापिएकाे थियाे ।

केन्द्राध्यक्ष थापाले अायाेगले जाँच गर्दा अावश्यक पर्ने उत्तर कुञ्जिका अाएपछि अायाेगकै अनुमतिमा पुनः परीक्षा गराइएकाे बताए । नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यहि समस्या अाएकाे उनले बताए । साेहि केन्द्रमा परेका अन्य प्रश्नपत्रहरू ठिक भएकाेले ताेकिएकै समयमा नै परीक्षा संचालन भएकाे छ ।

शिक्षक सेवा अायाेगले भदाै ९ गतेदेखि ११ गतेसम्म प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहकाे परीक्षा लिइरहेकाे छ ।



सम्बन्धित
Loading...