नवलपरासीमा सशस्त्रका घुमुवा प्रहरी ७ हजार सहित अख्तियारको फन्दामा
श्याम थापा –
परासी । पश्चिम नवलपरासीबाट एक शसस्त्र प्रहरी हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले प्रकाउ गरेको छ ।
तस्करीका सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिईरहेका शसस्त्र प्रहरी हवल्दार ज्ञानेन्द्र मौर्य पक्राउ परेका छन् ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–२ गोपिगञ्ज स्थित एक किराना पसलमा घुस रकम लिदैँ गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले शुक्रबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो ।
शसस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कार्यरत हवल्दार मौर्यले रु सात हजार घुस रकम लिदैँ गर्दा पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसाले जानकारी दिनुभयो । “उनलाई भर्खरै नियन्त्रणमा लिएको थप अनुसन्धान भईरहेको छ” उहाँले भन्नुभयो । हवल्दार मौर्य घुमुवा प्रहरीको रुपमा कार्यरत रहेका थिए ।
