मापसे सेवन गरेर सुतेका कावासोतीका माझी विहान मृत फेला
शोभा जिसी-
नवलपरासी, १२ असोज । पूर्वी नवलपरासीको कावासोती ११ पिठौलीको लौगाईमा आइतबार विहान एक जना मृत अवस्थामा फेला परेका छन् ।
कावासोती ११ का ४० बर्षीय सन्तराम माझी साँझ मादक पदार्थ सेवन गरी सुतेको र आइतबार विहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
