बर्दघाटमा दौतरी खबर साप्ताहिक प्रकाशन शुरु




बर्दघाट । सहयोगी मिडिया प्रा.लि.द्वारा संचालित दौतरी एफ एम १०५.८ मेगाहर्ज आइतबारदेखि तेस्रो बसन्त पार गरी चौथो बर्षमा प्रवेश गरेको छ ।
प्रालिले रेडियोको बार्षिक उतसवकै अवसरमा आइतबारदेखि दौतरी खबर साप्ताहिकको समेत सुरुवात गरेको छ । बार्षिक उत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी दौतरी खबरको प्रकाशन शुरु गरेको हो ।
पत्रिकाको प्रकाशनको विमोचन कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले दौतरी खबरको आगमनले संचारको क्षेत्रमा नयाँ आयाम थपिएको बताए । शर्माले पत्रिका खुल्ने क्रम अत्याधिक रहे पनि केहिले मात्र निरन्तरता पाउने गरेको भन्दै दौतरी खबरको निरन्तरताको कामना समेत गरे ।
बर्दघाट नगरपालिकाकी उपप्रमुख माया पौडेलले दौतरीले आवाज संगसंगै छापाबाट समेत सुचना सम्प्रेशणको थालनी गरेकोमा खुशी ब्यक्त गरे ।
नगर प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष रविन्द्र विक्रम हमालले निजि क्षेत्रबाट संचालित संचार माध्यम भए पनि दौतरीले हरेक बर्ष सामाजीक क्षेत्रमा केही न केही सामाजिक काम गर्दै समाजको मन जित्न सफल भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले पछिल्लो समय सामाजीक संजाल र प्रविधिको विकासले गर्दा यो समयमा साप्ताहिक पत्रिका संचालनमा चुनौति रहेको उल्लेख गरे ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष बालिन्द्र विक्रम शाही, दिब्यज्योती माविका प्रधानाध्यापक हुमनाथ आचार्य, दौतरी खबरका अतिथि सम्पादक रमेश न्यौपाने, क्यानल सेन्टर माविका प्राचार्य सागरमणी पाण्डे, सामुदायिक रेडिायो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम, सामुदायिक रेडियो दाउन्नेका कार्यकारी निर्देशक रामजी लौडारी लगायतले बोलेका थिए ।
कार्यक्रम सहयोगी मिडिया प्रा.लि का अध्यक्ष तथा दौतरी खबरका सम्पादक गणेश पाण्डेको अध्यक्षता, प्रबन्ध निर्देशक नारायण भण्डारीको स्वागत तथा स्टेशन म्यानेजर राजु पोखरेलको संचालनमा भएको थियो । सहयोगी मिडिया प्रा. लि.ले पहिलो संचार माध्यमको रुपमा २०७३ असोज १५ गते घटस्थापनाको अवसर पारेर दौतरी एफ एम संचालनमा ल्याएको थियो भने रेडियोको सफलतम तेश्रो बर्ष पछि प्रा.लि ले दौतरी खबर साप्ताहिक प्रकाशनमा ल्याएको छ ।



सम्बन्धित
Loading...