दुम्किबासको ज्यामिरेमा अवैध उत्खनन गरिरहेका ट्याक्टर र जेसिवी वन कार्यालयको नियन्त्रणमा




नवलपरासी, १७ असोज ।
नवलपरासीको दुम्किबासमा रहेको ज्यामिरे खोलाबाट अवैध रुपमा गिटी उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र वन कार्यालयका कर्मचारीहरुले एउटा जेसिभी र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार सशस्त्र प्रहरी बेश क्याम्प चोरमारा र सव डिभिजन वन कार्यालय दुम्किबासको संयुक्त गस्ती टोलीले जेसिभी र ट्याक्टर नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा लिएको ट्याक्टर र जेसिभीलाई सव डिभिजन वन कार्यालय दुम्किबासमा राखिएको छ । लु ३ त ९१६५ नम्बरको ट्याक्टर र ना १ क ५३८८ नम्बरको जेसिभी नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि वन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल बेस क्याम्पस चोरमाराले जनाएको छ ।
वियनी त्रिवेणी गाउँपालिकाको वडा नं. २ को वडा कार्यालयबाट विनयी त्रिवेणी २ मा पर्ने बाटो निर्माणको लागि भनेर सिफारिस गरिएको भए पनि सिफारिस गरिएको ट्याक्टर भन्दा फरक ट्याक्टर र सिफारिस नै नगरिएको जेसिभी प्रयोग गरेर अवैध उत्खनन गरेको भन्दै नियन्त्रणमा लिइएको जनाइएको छ ।
वडा कार्यालयले लु ६ त ७४४८, लु ४ त ९०८, लु ४ त ११०७ नम्बरको ट्याक्टर र ना ७ क ९१० नम्बरको जेसिभीलाई काम गर्ने सिफारिस गरेको थियो ।






सम्बन्धित
Loading...